एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने
सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र गाईघाट फुटबल क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता २ माघदेखि सुरु हुनेछ।
नकआउट प्रतियोगितामा यी दुईबाहेक विभागीय टोली नेपाल पुलिस क्लब र एफसी रियाले त्रिभुवन आर्मी क्लब, संकटा फुटबल क्लब, छाहरी युथ क्लब, चर्च बोइज युनाइटेड, आरसी रिसोर्ट र एपीएफ क्लब भिड्नेछन्।
उदयपुरस्थित थरुहट स्टेडियममा हुने प्रतियोगितामा आर्मीले भने सिधैं क्वार्टरफाइनल खेल्नेछ।








-1765762168961.webp&w=3840&q=75)


-1765760805345.webp&w=3840&q=75)