जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु
काठमाडौं। जापानकी दुई पटककी पूर्वओलम्पियन काजुमी नाकामुराले काठमाडौं महिला भलिबल क्लिनिक सुरु गरेकी छन्।
रियाले वर्ल्डसँगको सहकार्यमा उनी काठमाडौं आएकी हुन्। नाकामुराले सन् १९९२ र १९९६ को ग्रीष्मकालीन ओलम्पिकमा जापानको प्रतिनिधित्व गरेकी थिइन्। उनीसँगै जापानका विश्वविद्यालय स्तरका खेलाडीहरूको टोली पनि नेपाल आएको छ।
यी टोलीले नेपाली महिला खेलाडीहरूसँग संयुक्त प्रशिक्षण र अभ्यास सत्रमार्फत प्रत्यक्ष ज्ञान र अनुभव आदानप्रदान गर्नेछन्।
तीन दिनसम्म चल्ने क्लिनिक अन्तर्गत काठमाडौंका पाँच स्थानमा प्रशिक्षण सत्र भइरहेको छ। पहिलो दिन जावलाखेल भलिबल सेन्टर र श्री जनक माध्यमिक विद्यालयमा प्रशिक्षण सत्र चलाइएको थियो। दोस्रो दिन एपीएफ भलिबल क्लब र शंखधर मेमोरियल स्कूलमा तथा अन्तिम दिन न्यू डायमण्ड एकेडेमीमा प्रशिक्षण सञ्चालन हुँदैछ।
यी सत्रहरूमा महिला विद्यार्थी तथा युवा खेलाडीहरूलाई कौशल, अनुशासन, फिटनेस, टीमवर्क र आधुनिक भलिबल प्रविधिसम्बन्धी ज्ञान आदनप्रदान गरिने आयोजकले बताएको छ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
