बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रियलकै मैदानमा सिटीको जित

बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता
रियलकै मैदानमा सिटीको जित
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टर सिटीले सान्टियागो बर्नबाउमा रियल मड्रिडलाई २–१ ले हराउँदै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित निकालेको छ।

यो हारसँगै रियलको खराब फर्म झनै गहिरिएको छ। पछिल्ला ८ खेलमा टोलीले जम्मा २ जित निकालेको छ। १२ अंकसहित रियल तालिकाको सातौं स्थानमा झरेको छ। १३ अंक रहेको सिटी भने चौथो स्थानमा उक्लिएको छ।

रियलले खेलको सुरुआत राम्रो गरे पनि दुई ठूला गल्तीले घरेलु टोलीलाई महँगो पर्‍यो। २८औं मिनेटमा काउन्टरबाट रोड्रिगोले लो सुट प्रहार गरेर ९ महिनापछि गोलको खडेरी तोडे। विनिसियस र भाल्भर्डेलाई रोक्न गाह्रो परेको सिटीको डिफेन्स त्यसबेला निकै छरिएको देखिन्थ्यो।

तर, सात मिनेटमै खेलको मोड बदलियो। किपर थिबाउ कोर्ट्वाले जोस्को ग्वार्डियोलको साधारण हेडर रोके पनि बल हातबाट छुट्यो र नाइको ओ’राइलीले रिबाउन्डमा गोल गर्दै खेल बराबरीमा ल्याए।

पाँच मिनेटपछि एन्टोनियो रुडिगरले बक्सभित्र एर्लिङ हालान्डलाई तानेर रोकेपछि पेनाल्टी दिइयो। भिएआरले निर्णय सच्याएपछि हालान्डले ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। बर्नबाउमा उनको पहिलो गोल पनि यही थियो।

खेलपछि रोड्रिगोले निराशा व्यक्त गर्दै भने,‘हामीले उत्कृष्ट सुरुआत गर्यौं। खेल केही साना गल्तीले नतिजा पल्टियो। यस्तो गल्ती हुँदैन भन्नका लागि हामी यसकै अभ्यास गर्छौं, तर यस्तै हुन्छ। अगाडि बढ्नैपर्छ।’

पहिलो हाफको अन्तिमतिर सिटी थप हावी भयो। हालान्डका प्रहारलाई कोर्ट्वाले उत्कृष्ट बचाउ गरे। तर, बर्नबाउमा समर्थकको हूटिङ बढ्दै गयो। दोस्रो हाफमा पनि पेप ग्वार्डियोलाको टोलीले गति र दबाब कायम राख्यो।

फिल फोडेन र जेरेमी डोकुको गतिशील खेलले रियलका डिफेन्डरहरूलाई बारम्बार दबाबमा राख्यो। कोर्ट्वाले लगातार बचाउ गर्दै अन्तर बढ्न दिएनन्।

रियलले पनि केही अवसर बनायो। सब्स्टिट्युट एन्ड्रिकले अन्तिम मिनेटतिर पोस्टमा हिर्काए। तर, बराबरी गोल निकाल्न सकेनन्। गोलकर्ता ओ’राइलीले भने,‘यति कठिन मैदानबाट तीन अंक निकाल्नु ठूलो कुरा हो। वातावरण अविश्वसनीय थियो, तर हामीले काम पूरा गर्यौं।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

४ मिनेटमै कमब्याक गरेको बार्सिलोना

४ मिनेटमै कमब्याक गरेको बार्सिलोना

Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

रियलकै मैदानमा सिटीको जित

रियलकै मैदानमा सिटीको जित

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे