रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुने भएका छन्।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। अपरान्ह्र ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।
सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। त्यसैले उसलाई कुनै दबाब हुने छैन। ८ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न जित आवश्यक छ।
विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमान्डु गोर्खाज भिड्नेछन् ।
अपरान्ह्र हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। दुवै टोलीको ६ खेलबाट समान ४ अंक मात्र छ ।











-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)