म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम
-1764662383271.webp&w=3840&q=75)
काठमाडौं। अस्ट्रेलियाली अलराउन्डर ग्लेन म्याक्सवेलले आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनबाट नाम फिर्ता लिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
यद्यपि, उनले नाम फिर्ता लिनुको कारण भने बताएका छैनन्। म्याक्सवेलले भनेका छन्,‘आइपीएलका धेरै अविस्मरणीय सिजनहरू पछि मैले यस वर्ष अक्सनमा नजाने निर्णय गरेको छु।’
म्याक्सवेलका साथै मोइन अलीले पनि आइपीएलको अक्सनमा भाग लिने छैनन्। फाफ डु प्लेसिसले जस्तै उनले पनि आइपीएलको सट्टा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने निर्णय गरेका छन्।
मोइनले २०१८ देखि आइपीएलमा नियमित रूपमा खेलिरहेका छन् र चेन्नई सुपर किंग्ससँग दुई उपाधि जितेका छन्।
पञ्जाब किंग्सले २०२६ को अक्सन अगाडि म्याक्सवेललाई रिलिज गरेको थियो। गत संस्करणमा म्याक्सवेलले ६ इनिङ्समा ४८ रन बनाएका थिए।
उनले ८.४६ को इकोनोमी रेटमा ४ विकेट पनि लिए। यद्यपि, सिजनको बीचमा उनको औंलामा चोट लागेको थियो। उनको स्थानमा मिचेल ओवेनलाई राखिएको थियो। आगामी सिजनको लागि पञ्जावले ओवेनलाई निरन्तरता दिएको छ।
म्याक्सवेलले पञ्जाब किंग्स, दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स), मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपीएल खेलेका थिए।
म्याक्सवेलले आईपीएलमा कुल १४१ खेल खेलेका छन्। १३५ इनिङ्समा २३.८८ को औसत र १५५ भन्दा बढीको स्ट्राइक रेटमा २ हजार ८१९ रन बनाएका छन्।
यस अवधिमा म्याक्सवेलले १८ अर्धशतक पनि बनाएका छन्। बलिङमा म्याक्सवेलले ८.२९ को इकोनोमी रेटमा ४१ विकेट लिएका छन्।












