जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य
मंगलबार, १६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
चितवनका ओपनर डाभिड मलानले सर्वाधिक ८० रन बनाए। ५४ बलमा उनले ४ चौका र ५ छक्का प्रहार गरे।
अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए। यी दुईको जारी प्रतियोगितामा पहिलो अर्धशतक हो।
कप्तान कुशल मल्लले अविजित ३० रनको योगदान दिए।
जनकपुरका अनिलकुमार साह, रुपेश सिंह, जान निकोल लोफ्टी–इटन र माज सदाकतले समान १ विकेट लिए।






-1764662383271.webp&w=3840&q=75)





