नेपाल 'डिसाबिलिटी' क्रिकेट सिरिज खेल्ने
शुक्रबार, १२ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपालले भारतमा हुने ‘डिसाबिलिटी’ क्रिकेट सिरिज खेल्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ ।
खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी रहेका छन् ।
अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र राखेपकी सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
प्रतियोगिता डिसेम्बर ३ देखि ५ तारिखसम्म हुनेछ ।
#cricket







-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)


-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)