शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

शनिबार, मंसिर ७, २०८२खेलपाटी संवाददाता
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर
Classic Tech Internet Ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शनिबार दुई खेलसहित माहोल झनै तातिनेछ। यसले दिनभरि प्रतिस्पर्धाको ताप निरन्तर बढाइरहनेछ।

बिहान ११: १५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। रोहितकुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनीले पहिलो खेलमै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुआत गरेको थियो।

गत सिजनको निराशा बिर्साउने संकेत देखाइसके लुम्बिनी रोहितमा अन्त्याधिक निर्भर रहेको छ। उनले ब्याटिङमा ३९ रनको योगदान दिएका थिए।

तर, लुम्बिनीको सबैभन्दा ठूलो आश भनेको गुल्बदीन नैब नै हुन्। उनले बलिङमा ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिएका थिए। ब्याटिङमा पनि उनी उत्तिकै निर्णायक साबित रहे। २४ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ४४ रनको अविजित र आक्रामक इनिङ्स खेले।

हालसम्मको प्रदर्शन हेर्दा लुम्बिनी बलिङ र ब्याटिङमा सन्तुलित देखिन्छ। त्यही आत्मविश्वासले टोलीलाई फेरि एकपटक बलियो उपस्थितिको दिशामा धकेलिरहेको छ।

अर्कोतर्फ कर्णाली भने भारतीय ब्याटर प्रियांक पन्चालमा अत्याधिक निर्भर रहेको छ। रणजी ट्रफी खेल्दै आएका उनले डेब्यू खेलमै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन बनाउँदै कर्णालीलाई सानदार सुरुआत दिएका थिए। तर, मध्यक्रमका पवन सर्राफबाहेक अन्यले साथ दिन सकेनन्।

बलिङमा पनि मार्की तथा कप्तान सोमपाल कामीले आफ्नो लय समात्न सकेका छैन। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर २ विकेट लिएका थिए।

तर, पहिलो चरणमा जे भए पनि यस भिडन्तलाई रोचक बनाउने अर्को पृष्ठभूमि पनि छ। अघिल्लो संस्करण कर्णालीले यही लुम्बिनीलाई ५ रनले हराएको थियो।

१२८ रनजस्तो सामान्य लक्ष्यसमेत पछ्याउन नसक्दा लुम्बिनीले महत्त्वपूर्ण अंक गुमाएको थियो। अब परिस्थितिले फेरि दुई टोलीलाई आमनेसामने ल्याइदिँदा लुम्बिनीका लागि पुरानो हिसाब चुकाउने अवसर हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’