रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

बुटवल। रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको बोइज तथा गर्ल्स दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
समूह चरणका खेल सकिएसँगै बोइजतर्फ समूह ‘ए’को विजेता बन्दै स्कोलर्स होमले सेमिफाइनलमा स्थान बनाएको छ। स्कोलर्स होमले पहिलो सेमिफाइनलमा समूह ‘बी’ को विजेता न्यु होराइजनसँग भिड्नेछ।
त्यसैगरी, समूह ‘सी’ को विजेता नविन मा.वि दोस्रो सेमिफाइनलमा समूह ‘डी’को विजेता ग्रिन प्लान्ट बोर्डिङसँग प्रतिस्पर्धा गर्नेछ।
गर्ल्सतर्फ समूह विजेता सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल र कुन्वरवर्ती स्कूलले फाइनलमा स्थान सुरक्षित गरेका छन्। द्यपि, समूह चरणका धेरै खेलमा उमेरसम्बन्धी विवाद उठेको थियो।
खेलाडीको उमेरहद विपरीत सहभागी गराएको भन्दै विभिन्न विद्यालयले प्रोटेस्ट दर्ता गराएका थिए। जाँच प्रक्रिया पछि आयोजकले नियम उल्लंघन गरेको ठहरिएका केही विद्यालयलाई सेमिफाइनल पुगेका अवस्थामा पनि प्रतियोगिताबाट निष्कासन गरेको छ।
शनिबार बोइजतर्फका दुवै सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको दुवै फाइनल खेल एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा हुनेछन्।






-1763569877271.jpg&w=3840&q=75)








%20(1)-1763645320295.jpeg&w=3840&q=75)