मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चार टिमको ‘स्टेटमेन्ट म्याच’

मंगलबार, मंसिर ३, २०८२खेलपाटी संवाददाता
चार टिमको ‘स्टेटमेन्ट म्याच’
Classic Tech Internet Ad

काठमाडौं। कीर्तिपुरको त्रिवि क्रिकेट मैदान यतिबेला प्यारापिट, फ्लड लाइट र रातिको माहोलले झन् ‘लिग–फ्रेनजी’ बनेको छ।

सोमबार साबिक विजेता जनकपुर र काठमान्डु गोर्खाजको उद्घाटन खेलसँगै सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मंगलबार डबल–हेडरमार्फत थप रोमाञ्चक हुँदैछ।

मंगलबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। गत सिजन एकै टिमलाई दुई पटक हराउँदै कर्णालीले चितवनमाथि मनोवैज्ञानिक पकड जमाएको थियो।

यही पृष्ठभूमिले मंगलबारको भिडन्तलाई ‘बदला’ भर्सेस ‘जितको निरन्तरता’ को रूपमा यी दुई टोली मैदान उत्रिने छन्। चितवनका लागि विदेशी अनुभवी खेलाडी डेविड मलान, रवि भोपारा र सोहेल तनवीरको उपस्थितिले टोली सन्तुलित बनेको छ। कर्णालीले प्रियांक पञ्चालदेखि नजिबुल्लाह जद्रानसम्मको बलियो विदेशी लाइनअप उतार्दै निरन्तरता खोज्नेछ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। दुवैलाई गत वर्ष भोगेको निराशालाई उत्सबमा बदल्ने मौका छ। अघिल्लो सिजन सुपर ओभरमा जित हात पारेको पोखराले विराटनगरमाथि प्रभुत्व कायम राख्ने लक्ष्य बनाएको छ।

विराटनगरका लागि यो खेल ‘सुरुआतमै सन्देश दिने’ अवसर हो। फाफ डु प्लेसिस, मार्टिन गप्टिलजस्ता विश्वस्तरीय खेलाडीले भरिएको विराटनगरको स्क्वाडले प्रतियोगितामा सबैको ध्यान खिचेको छ। पोखरामा भने जिम्मी निसम र जेसन रोयको जोडीले पनि खेललाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

चारै टोली गत वर्षको अपूर्ण यात्रालाई सुधार्ने मनोविज्ञानमा छन्। लिग चरणमै चुक्न नदिन र सिजन–२ लाई नयाँ निरन्तरता दिन मंगलबार दुवै खेल निर्णायक ‘स्टेटमेन्ट म्याच’ बन्ने माहोल छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

चार टिमको ‘स्टेटमेन्ट म्याच’

चार टिमको ‘स्टेटमेन्ट म्याच’

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य