गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने
आइतबार, २३ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले दृष्टिविहिन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने भएका छन्।
उनी सोमबार भारत प्रस्थान गर्दैछन्। त्यहाँबाट १४ नोभेम्बरमा श्रीलंका जानेछन्। नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङ्ग्ल्यान्ड सहभागी हुनेछन्।
गुप्ता नेपालबाट दृष्टिविहिन महिला विश्वकपमा अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन्। उनले भारत र पाकिस्तानबीच हुने खेलको अम्पायरिङ पनि गर्नेछन्।












-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
