बार्सिलोनालाई यमलले हारबाट जोगाए
बिहिबार, कार्तिक २१, २०८२खेलपाटी संवाददाता
-1762391460419.webp&w=3840&q=75)
काठमाडौं। च्याम्पियन्स लिगको लिग चरणको चौथो खेलमा बार्सिलोनाले क्लब ब्रुगसँग ३–३ को बराबरी खेलेको छ।
स्पेनिस टोलीले तीनपटक पछि परे पनि हरेकपटक फर्केर बराबरी गर्न सफल भयो। १६ वर्षे युवा खेलाडी लामिन यमल निर्णायक बने। उनले ६१औं मिनेटमा गोल गरे।
७७औं मिनेटमा उनको प्रहार क्लब ब्रुगका मिडफिल्डर क्रिस्टोस जोलिसको शरीरमा लागेर आत्मघाती गोलमा परिणत भयो।
यस बराबरीसँगै बार्सिलोनाले अपराजित यात्रा भने कायम राखेको छ। तर, जितबाट वञ्चित रह्यो। बार्सिलोना ४ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)


