गार्नाचोले बचाए अंक

काठमाडौं। च्याम्पियन्स लिगको लिग चरणमा चेल्सीले अजरबैजानको क्लब काराबाखसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो।
एस्टेभाओले १६औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। उत्कृष्ट खेल प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।
तर, घरेलु टोली काराबाखले तुरुन्तै प्रतिकार गर्यो। २९औं मिनेटमा लियान्द्रो आन्द्रादेले बराबरी गरे र ३९औं मिनेटमा मार्को यान्कोभिचले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा प्रतिस्थापन खेलाडी अलेजान्द्रो गार्नाचोले ५३औं मिनेटमा गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए।
यो बराबरीसँगै चेल्सीले पछिल्ला दुई खेलमा (आयाक्स र बेन्फिकाविरुद्धका जितपछि) लगातार तेस्रो खेलमा अपराजित यात्रा कायम राखेको छ। चेल्सीले लिग चरणको सुरुआत बायर्न म्युनिखसँग पराजयबाट गरेको थियो।
मुख्य प्रशिक्षक एन्जो मारेस्काले भने,‘हामीले अनावश्यक गल्तीबाट गोल खानुभयो। आगामी खेलहरूमा अझ ध्यान दिनु आवश्यक छ।’






-1762399930574.webp&w=3840&q=75)
-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


