तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

काठमाडौं। इतिहास रच्दै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
आइतबार नवी मुम्बईको डी.वाइ. पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै विश्वच्याम्पियन बनेको हो।
यसअघि भारत सन् २००५ मा अस्ट्रेलिया र २०१७ मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो। तर, तेस्रो प्रयासमा अन्ततः सफलता हात पारेको हो।
पहिलोपटक महिला विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबिनाको सामना भएको थियो। यस पटक दुवै टोली फाइनलसम्म पुग्न नसकेपछि नयाँ च्याम्पियन पक्कै हुने निश्चित भइसकेको थियो।
दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले राम्रो सुरुआत गरेको थियो। स्मृति मन्धाना र शेफाली वर्माको ओपनिङ जोडीले १०४ रनको साझेदारी गरे।
शेफाली (७८ बलमा ८७ रन) र दिप्ती शर्माको अर्धशतक (५८ बलमा ५८ रन)को मद्दतमा भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रनको बलियो योगफल बनायो।
रिचा घोषले पनि २४ बलमा ३४ रनको झट्का दिने इनिङ्स खेलिन्। जवाफमा दक्षिण अफ्रिकाको सुरुआत सुस्त रह्यो। ओपनर लौरा भोल्फार्टले कप्तानका रूपमा सानदार प्रदर्शन गर्दै ९८ बलमा १०१ रन प्रहार गरिन्। तर, उनी आउट भएपछि टोली धराशायी भयो।
दिप्ती शर्माको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमै अलआउट भयो।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

