कीर्तिमान बनाउन २ रनले चुके रोहित
शनिबार, कार्तिक १६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा एक ऐतिहासिक कीर्तिमान बनाउन २ रनले चुकेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा बढी २ रन थपेको भए उनी ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने थिए।
तर, उनी ३६ रनमै पेभिलियन फर्किए। यद्यपि, उनले २ शतक र ११ अर्धशतक प्रहार गरेका छन्। उनी ओडीआईमा २ शतक प्रहार गर्ने पनि पहिलो नेपाली खेलाडी हुन्।









%20(2)-1761961917188.png&w=3840&q=75)


