५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक
शनिबार, १५ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। दीपेन्द्रसिंह ऐरीले ५ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अर्धशतक प्रहार गरेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले अर्धशतक बनाएका हुन्। यो उनको करिअरको पाँचौं अर्धशतक हो। उनले अन्तिमपल्ट लिग २ अन्तर्गत नै ८ जुन २०२५ मा स्कटल्यान्डविरुद्ध ५६ रन बनाएका थिए।
यसअघि उनले यसअघि पनि युएईविरुद्ध २ र स्कटल्यान्डविरुद्ध १ अर्धशतक प्रहार गरेका थिए।











-1766460697450.webp&w=3840&q=75)


