कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी
मंगलबार, कार्तिक १२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा कप पुरुष भलिबल पाँचौ स्थानमा रहेर सक्काएको छ।
बंगलादेशको ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
यसअघि लिग चरणमा नेपालले यही टोलीलाई सोझो सेटमा पराजित गरेको थियो। नेपालले प्रतियोगितामा यो मात्रै टोलीलाई पराजित गरेको हो। तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँगको खेलमा भने नेपालले हार बेहोरेको थियो।
नेपालले पहिलो सेट टाईब्रेकमा २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–२० ले जिते पनि निकै प्रतिस्पर्धात्मकको तेस्रो सेट ३७–३५ ले गुमायो।
चौथो सेटमा भने नेपालले २५–१९ को जित निकाल्यो।













-1761641224925.jpeg&w=3840&q=75)

