आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अब झन् फिट छु : कोहली

आइतबार, कार्तिक ३, २०८२खेलपाटी संवाददाता
अब झन् फिट छु : कोहली
Classic Tech Internet Ad

काठमाडौं। २२३ दिनको लामो बिदा काट्दै भारतीय क्रिकेट स्टार विराट कोहली फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन्।

च्याम्पियन्स ट्रफीको फाइनलपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले आफ्नो लक्ष्य स्पष्ट पारेका छन्। टी–२० र टेस्ट क्रिकेटबाट सन्न्यास लिँदै उनले किन अब एक फर्म्याटमै ध्यान दिन लागेका हुन् भन्ने पनि खुलाएका छन्।

अस्ट्रेलियाविरुद्धको खेलअघि रवि शास्त्री र एडम गिलक्रिस्टसँगको अन्तर्वार्तामा कोहलीले भने,‘गत १५ वर्षमा मैले विश्वभर सबैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छु।’

तर, अस्ट्रेलियामा उनको पुनरागमन सुखद् भएन। गत वर्ष उनले टी–२० विश्वकप जितेपछि उक्त फर्म्याटबाट सन्न्यास लिएका थिए। त्यसपछि यो वर्षको सुरुआतमा च्याम्पियन्स ट्रफीको उपाधि जिते र त्यसपछि इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजअघि टेस्ट क्रिकेटबाट पनि बिदा लिए। त्यसयता कोहली क्रिकेटबाट टाढै थिए।

केही महिनाको यो बिदा बारे बोल्दै उनले भने,‘जीवनको यस चरणमा आएर म परिवारभन्दा पेसालाई प्राथमिकता दिन चाहन्नँ। गत १५–२० वर्षमा मैले यति धेरै क्रिकेट खेलें कि वास्तविक अर्थमा आराम गर्ने मौका पाइनँ। सम्भवतः यो समयमा मैले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलें, आइपीएलसहित। त्यसैले यो समय मेरो लागि फ्रेस हुने अवसर थियो।’

३६ वर्षका कोहलीको फिटनेसबारे धेरैले शंका गरेका थिए। तर, उनले स्पष्ट रूपमा भने,‘म अहिले जति फिट छु, सायद यसअघि कहिल्यै थिएन। अहिले मलाई जुन फ्रेस महसुस भइरहेको छ, त्यो आत्मविश्वासबाट आएको हो। म जान्दछु मैदानमा के गर्नुपर्छ। अहिले मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक तयारी हो, किनभने मानसिक रूपमा म तयार नै छु।’

उनले थपे,‘यो चरणमा आएर मैले बुझें, शरीर फिट रह्यो भने रिफ्लेक्स पनि ठीक रहन्छ। खेलको बोध त मेरो भित्रै छ। शरीरलाई त्यसअनुसार तयार पार्नुपर्छ, म त्यसै गर्छु। अहिले मलाई कुनै समस्या छैन। अस्ट्रेलियामा आएर ताजगी महसुस भइरहेको छ, नेटमा राम्रोसँग अभ्यास भइरहेको छ, फिल्डिङमा पनि हल्का र सक्रिय महसुस भइरहेको छ। सबै कुरा ठिकठाक छन्।’

तर, पुनरागमनको पहिलो खेलमा कोहलीको ब्याटबाट रन आएन। अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय खेलमा उनले सात बल खेल्दै शून्य रनमा आउट भए। त्यसपछि उनको वनडे करियरबारे पुनः प्रश्नहरू उठ्न थालेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

Bajaj Pulsar Motorcycle Ad
भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद