मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

आइतबार, ०२ कार्तिक २०८२खेलपाटी संवाददाता
अस्ट्रेलियासँग भारतको लज्जास्पद हार
Classic Tech Internet Ad

काठमाडौं। अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ। योसँगै ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ। लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो।

भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। डकवर्थ–लुइस नियमअनुसार अस्ट्रेलियालाई १३१ रनको नयाँ लक्ष्य दिइएको थियो। जुन कप्तान मिचेल मार्शको सानदार प्रदर्शनमा २१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

यो जितसँगै भारतको लगातार ८ एकदिवसीय जितको क्रम टुटेको छ। यस वर्ष भारतले पहिलोपटक एकदिवसीयमा हार बेहोर्नुपरेको हो। यो खेलमा भारत शुभमन गिलको कप्तानीमा खेलेको पहिलो एकदिवसीय थियो। तर, गिललाई कप्तानका रूपमा डेब्युमै हार हात पर्‍यो।

लक्ष्यको पछ्याउनेक्रममा मार्शले ५२ बलमा २ चौका र ३ छक्कासहित नटआउट ४६ रन बनाए। उनले जोश फिलिपसँग मिलेर टोलीलाई सहज जिततर्फ डोर्‍याए। अस्ट्रेलियाका लागि पहिलो विकेट ट्राभिस हेडको रूपमा खस्यो। उनलाई अर्शदीप सिंहले ८ रनमै आउट गरे। त्यसपछि अक्षर पटेलले मैथ्यु सर्टलाई पनि ८ रनमै पभेलियन पठाए।

फिलिपले ३७ रन बनाएपछि वाशिंगटन सुन्दरको बलमा आउट भए। अन्ततः मार्श र म्याट रेनशले नटआउट रहँदै टोलीलाई जित दिलाए। रेनशले २१ रन बनाए। भारतका लागि अर्शदीप, अक्षर र सुन्दरले १/१ विकेट लिए।

भारतका लागि यो खेलमा नितीशकुमार रेड्डीले एकदिवसीय डेब्यु गरे। अस्ट्रेलियाबाट रेनश र मिचेल ओवेनले पहिलो खेल खेले। भारतले पर्थमा भएको पहिलो खेलका लागि ३ तीव्र बलर र ३ अलराउन्डरसहित टोली बनाएको थियो।

भारतको कमजोर ब्याटिङ

चौथोपटक खेल सुरु हुँदा ओभर घटाइएर २६ ओभरमा सीमित गरियो। त्यसपछि केएल राहुलले केही आक्रामक ब्याटिङ गरे र स्कोर १०० पार गराए।

तर, ठूलो सट खेल्ने क्रममा उनी आउट भए। अन्त्यतिर डेब्यु खेलिरहेका नितीशले केही आकर्षक शर्ट खेले र टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनले ११ बलमा दुई छक्कासहित नटआउट १९ रन बनाए।

अस्ट्रेलियाका लागि म्याथ्यु कुह्नेम्यान, मिचेल ओवेन र जोश हेजलवुडले २/२ विकेट लिए। मिचेल स्टार्क र नाथन एलिसले १/१ विकेट लिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्