शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

शुक्रबार, कार्तिक १, २०८२खेलपाटी संवाददाता
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !
Classic Tech Internet Ad

काठमाडौं। अपराजित यात्रा पूरा गर्दै नेपालले अन्ततः भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकपमा स्थान पक्का गरेको छ।

एसिया एन्ड इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा एकपटक पनि हार बेहोर्न नपरेको नेपालले अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकालेपछि उत्सव मनायो।

तर, कप्तान रोहित पौडेलको मनमा अब अर्को सपना पलाएको छ, भारतमा गएर भारतसँग खेल्ने। खेलपछि अफिसियल ब्रोडकास्टले विश्वकपमा कुन टिमसँग खेल्न चाहनुहुन्छ भन्ने प्रश्न सोध्दा रोहितले मुस्कुराउँदै भने,‘भारतमा गएर भारतसँग खेल्न मन छ। अस्ट्रेलियाविरुद्ध पनि खेल्ने इच्छा छ।’ नेपालले सन् २०२३ मा भारतविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गरेको थियो।

एसिया कपअन्तर्गत भएको खेलमा नेपाललाई १० विकेटले पराजित गर्दै भारतले आफ्नो बहादुरी देखाएको थियो। त्यसयता नेपाल उक्त मञ्चमा फर्किन सकेको छैन। तर, यसपल्ट शीर्ष स्थानमा रहेर टी–२० विश्वकप पुगेको नेपाललाई दोस्रोपल्ट भारतसँग खेल्ने मौका पनि जुर्न सक्छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल अस्ट्रेलियाकै पूर्व खेलाडी हुन्। उनकै प्रशिक्षणमा नेपालले फेरि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। अस्ट्रेलियाले भने सिधै स्थान बनाएको हो। यो टोलीले सन् २०२१ मा पहिलोपल्ट टी–२० विश्वकप जितेको थियो।

भारत भने गत वर्षको विजेता टोली हो। उसले सन् २००७ को पहिलो संस्करणको उपाधिसमेत उचालेको थियो। रोहित यी दुईका अलवा इङ्ल्यान्डले पनि राम्रो क्रिकेट खेलिरहेको बताउँछन्।

उनी भन्छन्,‘इङ्ल्यान्ड पनि अहिले निकै राम्रो गर्दैछ।’ स्मरण रहोस् इङ्ल्यान्ड पनि दुईपल्ट विश्वकप जित्ने दोस्रो टोली हो। इङ्ल्यान्डले सन् २०१० र २०२२ मा विश्वकप जितेको थियो।

यी दुई टोलीभन्दा अगाडि दुईपल्ट विश्वकप जितेर इतिहास भने वेस्ट इन्डिजले बनाएको थियो। यो टोलीले सन् २०१२ र २०१६ मा उपाधि उठाउँदै दुईपल्ट विश्वकप जित्ने पहिलो टोली बनेको थियो

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

Bajaj Pulsar Motorcycle Ad
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड