सामोआलाई नेपालको विशाल लक्ष्य
शुक्रबार, कार्तिक १, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सामोआविरुद्ध २१२ रनको विशाल योगफल खडा गरेको छ।
उत्कृष्ट प्रदर्शन गर्दै पहिलो ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो।
यसअघि नै विश्वकपमा पुगिसकेको नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।
दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ४ चौका र २ छक्कासहित ५३ रनको इनिङ्स खेल्दै टोलीलाई ठूलो योगफलतर्फ उकासे।
अन्त्यतिर लोकेश बामले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ३९ रनको अविजित इनिङ्स खेले, जसमा ४ छक्का र २ चौका सामेल थिए।
कप्तान रोहित पौडेलले पनि १२ बलमा २१ रन जोडे भने कुशल भुर्तेलले १५ बलमा १७ रनको योगदान दिए।
सामोआका बलर डेरियस भिसरले २ विकेट लिए भने साउमानी टियाई र ड्यानियल बर्गेसले समान १ विकेट झारे।