बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

शुक्रबार, २४ आश्विन २०८२Admin User
जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल
Classic Tech Internet Ad

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण शुक्रबार समाप्त हुँदैछ। नेपालका लागि यो खेलमा अर्को जित होइन, समूह ‘बी’ शीर्षस्थान सुरक्षित गर्ने निर्णायक लडाइँमा हुनेछ।

ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। यो खेलमा रोहितकुमार पौडेल नेतृत्वको नेपाली टोली आत्मविश्वासले भरिएको छ।

पहिलो खेलमा कुवेतमाथि ५८ रनको सशक्त जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाइसकेको छ। तर, अब ध्यान समूह विजेताको रूपमा अघि बढ्नेमा केन्द्रित छ।

नेपालका ओपनर कुशल भुर्तेलले ओमनविरुद्ध ६६ रनको इनिङ्स खेल्दै लय पक्रिएका छन्। बलिङमा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई–दुई विकेट लिएपछि टोलीको सन्तुलन अझ बलियो बनेको छ। पौडेलको कप्तानीमा टिममा ब्याटिङ र बलिङ दुवैमा स्पष्ट विश्वास देखिन्छ।

तर, जापान पनि अब कमजोर विपक्षी होइन। कुवेतमाथि ५ विकेटको जितपछि केन्डल काडोवाकी फ्लेमिङको टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ। इसाम रहमानको ६४ रन र डेक्लन सुजुकी म्याककोम्बको ३ विकेटले जापान पनि नेपालसँगै सुपर सिक्समा पुगिसकेको छ।

दुवै टोली सुपर सिक्समा पुगिसके पनि समूह विजेताको टुंगो आजको नतिजाले निर्धारण गर्नेछ। नेपाल र जापान पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा आमनेसामने हुन लागेका हुन्। नेपाली टोलीका लागि यो नयाँ चुनौती मात्र होइन, आफ्नो उदीयमान प्रभुत्व पुष्टि गर्ने अवसर पनि हो।

यो खेल समूह चरणको सबैभन्दा प्रतीक्षित खेल बन्न पुगेको छ। यसले अंकतालिकामा होइन, आत्मविश्वास र विश्वकपतर्फको यात्राको दिशासमेत तय गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

लगातार चौथो जितको खोजिमा विराटनगर

लगातार चौथो जितको खोजिमा विराटनगर

साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल