विश्वकप छनोटमा नेपालको एक खुड्किलो पार
बिहिबार, २३ आश्विन २०८२Admin User

काठमाडौं। नेपाल एक खेलअगाबै आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ।
बुधबार जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपालले एक खुड्किलो पार गरेको हो। समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।
नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ। जापान भने दोस्रो स्थानमा छ। यद्यपि, जापान पनि सुपर सिक्समा प्रवेश गरिसकेको छ।
लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ।
अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ। यही खेलले समूहको विजेता टुंगो लगाउने छ।






%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)


-1764163211372.jpg&w=3840&q=75)

