कुशलको अर्धशतक, कुवेतलाई मध्यम लक्ष्य
बुधबार, असोज २२, २०८२Admin User

काठमाडौं। कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य दिएको छ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४१ रन बनाएको हो।
नेपालका ओपनर कुशलले सर्वाधिक ६६ रन बनाए। ५६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
उपकप्तान दीपेन्द्रसिंह ऐरी र गुलशनकुमार झा समान २० रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १६ रनको योगदान दिए। अन्य ब्याटरको भने प्रदर्शन राम्रो रहेन।
कुवेता नवीनराजन राजेन्द्रन र अनुदीप चन्दमाराले समान दुई विकेट लिए।