दीपेन्द्रको वरीयता खस्कियो
बुधबार, असोज २२, २०८२Admin User

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको आईसीसी टी-२०आई अलराउन्डर वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र एक स्थान तल खस्किँदै पाँचौंमा पुगेका हुन् ।
वरीयताको शीर्षस्थानमा पाकिस्तानका सयम अयुब कायमै छन्। दोस्रोमा जिम्बाबेका सिकन्दर राजा, तेस्रोमा भारतका हार्दिक पान्ड्या र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी छन्।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन्।