आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

२०२५ सेप्टेम्बर २१, आइतबार

उत्कृष्ट लयमा पुलिसिच

काठमाडौं। आगामी वर्ष आफ्नै भूमिमा हुने विश्व कपअघि अमेरिकी स्टार क्रिस्टियन पुलिसिच उत्कृष्ट लयमा छन्। शनिबार सिरी ‘ए’ मा एसी मिलानले अपराजित उडिनेजलाई ३–० ले हराउँदा उनले दुई गोल गरे र अर्को गोलमा प्रत्यक्ष भूमिका खेले।

यो प्रदर्शन त्यही हो, जसलाई अमेरिकी समर्थकहरूले सन् २०२६ को विश्वकपमा देख्ने आशा गरेका छन्। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा पुलिसिच निर्णायक बन्न सक्ने विश्वास बढ्दै गएको छ।

हालैसम्म गोल्ड कप नखेल्ने विवादमा अड्किएका पुलिसिच र प्रशिक्षक मौरिसियो पोचेटिनोबीच पनि अब सबैकुरा समाधान भएको संकेत मिलेको छ।

सन् २०२३ मा मिलानमा आएका पुलिसिचले अहिलेसम्म १०५ खेलमा ३६ गोल र २१ असिस्ट गरेका छन्। यसको अर्थ उनले आधाभन्दा बढी खेलमा प्रत्यक्ष योगदान दिएका छन्। उनले भने,‘ट्रफी र खेल जित्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण हो। गोल र असिस्ट आफैं आउँछन्।’

उडिनेजविरुद्ध उनले पहिलो गोल पहिलो हाफअघि रिबाउन्डमा गरे। दोस्रो हाफ सुरु भएको एक मिनेटमै उनको उच्च प्रेसिङका कारण युसुफ फोफानाले सहज गोल गर्न पाए।

अन्त्यमा उनले एड्रियन राबियोटको पासमा तेस्रो गोल पूरा गरे। यो जितसँगै मिलानले चार खेलमा तेस्रो जित निकाल्दै डिफेन्डिङ च्याम्पियन नापोलीसँग अंक बराबरी गरेको छ।

दुवै टोली शीर्ष स्थानमा रहेको युभेन्ट्सभन्दा एक अंकले मात्र पछाडि छन्। युभेन्ट्सको अपराजित यात्रा हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिन पुगेको छ।

फिर्ता आएका प्रशिक्षक मासिमिलियानो अलेग्री निलम्बनकै कारण यो खेलमा उपस्थित थिएनन्। तर, अघिल्लो सिजन आठौं स्थानमा सीमित भएको मिलान यसपटक अझै सुधारिएको देखिएको छ। सात पटकको युरोपियन च्याम्पियन मिलान गत वर्ष महादेशीय प्रतियोगिताबाहिर रहन बाध्य भएको थियो।

यसैबीच नापोलीले सोमबार नयाँ प्रमोटेड टोली पिसासँग प्रतिस्पर्धा गर्नेछ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

Bhat Bhateni
३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

युनाइटेडलाई चेल्सीले दिलायो राहत

युनाइटेडलाई चेल्सीले दिलायो राहत

रोकियो लिग लिडर युभेन्ट्स

रोकियो लिग लिडर युभेन्ट्स

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत