काठमाडौं। भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन्।
स्विस प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अंक पाए। समान ८ अंक भएका रुकुमका मिलन रोक्का टाइब्रेकरमा पछाडि परेपछि दोस्रोमा रहे।
७.५ अंक भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौंका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन पाँचौं भए। ७ अंक भएका भक्तपुरका राजेश कक्षपति, काठमाडौंका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फूर्वा लामा र धादिङका सुवास कुमार गुरुङ १०औं भए।
उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौं हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाए। महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन्। नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिशा पुरी तेस्रो भए।
चितवनका सन्तोष गौतम बागमती प्रदेश च्याम्पियन भए। लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए। कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए। गण्डकीमा सुशील सुवेदी पहिलो भए।
मधेशमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूरपश्चिममा लेखराज भट्टराई पहिलो भए। भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ पहिलो भए। ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो भए।
यु–१८ मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी। यु–१० मा आयम सुवेदी पहिलो भए। यु–८ मा अङ्कुर पोखरेल पहिलो भए।
१८०० रेटिङ मुनी राम कार्की पहिलो भए। १७०० मुनी कृश अधिकारी पहिलो भए। अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलो हुन सफल भए।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा सञ्चालित २ दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो।