काठमाडौं। एभरेस्ट महिला भलिवल लिगको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ। प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो।
जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन्। उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छन्।
लुम्बिनी लाभाज टिमलाई अझै सशक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केही दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुति निरौलाले बताइन्।
यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिवल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरु पूर्णरुपमा प्रशिक्षणमा रहेका छन्। दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ।