• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा
खेलपाटी संवाददाता
११ घण्टा अगाडि खेलपाटी संवाददाता

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो।

सुरुमा उत्साहका साथ घोषणा भए पनि दशकभन्दा बढी समय बित्दा पनि यो प्रतियोगिता मैदानमा आउन सकेको छैन। अब फेरि पनि यसको भविष्य अनिश्चित बनेको छ। यद्यपि, महिला क्लब च्याम्पियनसिपको संस्करण भने नेपालमा हुने पक्का भइसकेको छ।

साफ महासचिव पुरुषोतम कट्टेलका अनुसार कम्पिटिसन कमिटीले अहिलेसम्म अप्रुभल नदिएको कारण यो प्रतियोगिता अन्योलमा परेको हो। ‘अहिले डिसिजन भइसकेको छैन। अप्रुभलको प्रकृया बाँकी नै छ। अगस्ट अन्तिममा भुटानमा कम्पिटिसन कमिटीको बैठक छ। त्यसैले नै निर्णय गर्छ,’ उनले भने।

सन् २०११ मा साफले सदस्य मुलुकका शीर्ष क्लबहरूलाई एउटै मञ्चमा ल्याएर क्षेत्रीय स्तरको प्रतिस्पर्धा सुरु गर्ने निर्णय गरिएको थियो। त्यो अनुसार पहिलो संस्करण बंगलादेशमा सेप्टेम्बर १ देखि १५ सम्म आयोजना हुनुपर्ने थियो। यो प्रतियोगिता घरेलु लिगका विजेतालाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने र समर्थकलाई छिमेकी मुलुकका क्लबसँग प्रत्यक्ष भिडन्त देखाउने सुनौलो अवसरको रूपमा हेरिएको थियो। तर, आर्थिक समस्या, प्रसारण अधिकारमा देखिएको अन्योल र सदस्य राष्ट्रबीच तालमेल अभावका कारण प्रतियोगिता स्थगित भयो।

त्यसपछि पनि यो प्रतियोगिता सुरु गर्ने प्रयास बारम्बार गरियो। २०१३ मा नयाँ फर्म्याटका साथ पुनः योजना बनाइयो, तर तयारीको अभावमा रोकियो। अर्को वर्ष श्रीलंकामा आयोजना गर्ने प्रस्ताव राखियो। तर, लगानी र पूर्वाधारको समस्याले त्यो सम्भावना पनि टर्‍यो। २०१७ र २०१८ मा फेरि यो प्रतियोगिताको कुरा उठाइदिएको थियो। तर, त्यसबेला अधिकांश सदस्य राष्ट्रको घरेलु लिग नै अस्थिर अवस्थामा भएकाले साफ क्लब च्याम्पियनसिप कागजमै सीमित रह्यो।

दशकभन्दा लामो प्रतीक्षापछि अन्ततः २०२५ को जनवरीमा साफ कार्यसमितिले २०२६ मा पहिलो साफ क्लब च्याम्पियनसिप गर्ने ठोस निर्णय गर्‍यो। तर, हालसम्म आयोजक मुलुकको टुंगो लागिसकेको छैन। त्यो भन्दा जटिल कुरा त कुन टोलीलाई प्रवेश दिने भन्नेम नै अन्योल छ।

‘हरेक सदस्य राष्ट्रको लिग च्याम्पियनलाई दिने कि उपविजेतालाई दिने भन्ने अझै टुंगो लागेको छैन,’ कट्टेल भन्छन्। साफ राष्ट्रका शीर्ष डिभिजनका लिग विजेताले एएफसी क्लब च्याम्पियनसिपको छनोट खेल्ने छन्। अर्कोतर्फ क्लब प्रतिस्पर्धाको क्यालेन्डर प्याक हुनेगर्छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय क्यालेन्डरअनुसार मात्र यस्ता प्रतियोगिता गर्न पाइने भएकाले समय मिलाउन समस्या परेको उनको तर्क छ। 

एएफसीको प्रतियोगितामा भारतीय क्लबलाई दुईवटा स्लट छन् भने नेपालजस्तो कमजोर मुलुकलाई एक मात्र स्लटको व्यवस्था गरिएको छ। यसले झनै चुनौती थपेको छ। ‘अर्को वर्ष हामीले क्यालेन्डरमा राखेका छौं। तर, अगस्टदेखि सेप्टेम्बरसम्म गर्ने योजना छ,’ कट्टेल भन्छन्। 

यो प्रतियोगिता सुरु हुनु दक्षिण एसियाली फुटबलका लागि महत्त्वपूर्ण मानिन्छ। यसले घरेलु लिगका क्लबलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने मात्र होइन, आर्थिक अवसर र क्षेत्रीय फुटबलको स्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ। 

२०११ बाट सुरु भएको तर दशकभन्दा बढी ढिलाइ भएको यो यात्राले साफलाई एउटा ठूलो पाठ सिकाएको छ। त्यो भनेको सफल प्रतियोगिताका लागि आर्थिक स्रोत र सदस्य मुलुकहरूको सहकार्य अनिवार्य हुन्छ। अहिलेको तयारीमा यी पक्षलाई प्राथमिकतामा राखिएको बताइन्छ। 

अब सबैको नजर २०२६ मा छ। यो वर्ष पहिलो संस्करण ऐतिहासिक बनाउनुपर्ने चुनौती साफ, आयोजक र सहभागी क्लब सबैसँग हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल
२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी
२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP