अञ्जनसहित थप चार खेलाडीले बंगलादेशको लिग खेल्ने
बिहिबार, साउन ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।
अन्जनसहित मिडफिल्डर एरिक विष्ट र डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरूङलाई बंगलादेश प्रिमियर लिग क्लब ब्रदर्श युनाइटेडले भित्र्याएको हो।
योसँगै यस सिजनको बंगलादेशी लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या ८ पुगेको छ। यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसले अनुबन्ध भएका छन्। किरण र आयुष ढाका पुगिसकेका छन्। सेन्ट्रल ब्याक अनन्त तामाङलाई भने फर्सिट एफसीले अनुबन्ध गरिसकेको छ।







-1762856022963.jpg&w=3840&q=75)





