संकटाको जितमा यशोदाको निर्णायक गोल
बिहिबार, साउन ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। कप्तान यशोदा शाहीको संकटा क्लबले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा संकटाले नेपाल खेलकुद क्लबमाथि १–० को जित हात पारेको हो।
जितसँगै संकटाले ३ अंक बटुलेको छ। ६०औं मिनेटमा यशोदाले गरेको गोल नै खेलमा निर्णायक साबित भयो।







-1762856022963.jpg&w=3840&q=75)





