काठमाडौं। छाहरी युवा क्लबले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा छाहरीले एफसी रिएले महिला टोलीमाथि ३–० को एकपक्षीय जित हात पारेको हो।
जितसँगै छाहरीले ३ अंक बटुलेको छ। छाहरीको जितमा ललिता मण्डल, सुमित्रासिहं पाख्रिन र सानिमा माया लोले गोल गरे।
खेलको सातौं मिनेटमै ललितको गोलमार्फत छाहरीले सुरुआती अग्रता लिएको थियो। १९औं मिनेटमा सुमित्राले अग्रता दोब्बर बनाइन्।
६२औं मिनेटमा सानिमाले गोल गर्दै छाहरीको सहज जित पक्का गरिन्।