किरणले बंगलादेश पुलिस क्लबबाट खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो। ३५ वर्षीय किरण लामो समयदेखि क्लबविहीन थिए। उनको यो चौथो विदेशी क्लब हो।
यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, भारतको मिनर्भा पञ्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन्।
सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन्। अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छ। उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ।
२१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो। यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन्।
यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन्। यसअघि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरिसकेको छ।







-1762856022963.jpg&w=3840&q=75)





