शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सपना मात्र देखाउने एन्फा !

सोमबार, २६ श्रावण २०८२खेलपाटी संवाददाता
सपना मात्र देखाउने एन्फा !
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल महिला यु–२० फुटबल टोली एएफसी एसियन कप छनोटका लागि भुटान उड्ने तयारी गर्दा मुख्य प्रशिक्षक यामप्रसाद गुरुङसँग एउटै सपना थियो, छनोट चरण पार गर्ने। 

तर, त्यो सपना उनी आफैंले देखेका होइनन्। त्यो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले देखाउनै लगाएको एक ‘भ्रम’ मात्र थियो। दुई हप्ताअघि बंगलादेशको ढाकामा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा उनले आफ्नो टोलीको नाडी छामिसकेका थिए।

उक्त प्रतियोगितामा भुटान र श्रीलंकाजस्ता कमजोर टोलीमाथि एकतर्फी जित निकाले पनि नेपाल घरेलु टोलीसँग लगातार ३–२ र ४–० को हार बेहोर्न बाध्य भएको थियो।

यस नतिजाले नै टोली कति कमजोर संरचनामा र तयारीमा छ भनेर देखाइसकेको थियो। त्यसैले होला अन्तिम खेल सकिएपछि यामप्रसाद ‘पोस्ट म्याच’मा उपस्थित पत्रकारलाई ‘फेस’ गर्न नै सकेनन्।

सायद सबै मिलेको भए भुटान र श्रीलंकाका प्रशिक्षकले नै उनले निर्धक्क भएर पत्रकारसामु आफ्नो कुरा सुनाउन सक्थे। तर, सबै बिग्रिएकोले नै हो उनलाई त्यो आँट नै आएन।

प्रतियोगिताको दुई दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएिपछि १० गोल गर्दै साफको उच्च गोलकर्ता बनेकी पूर्णिमा राई खुसी देखिएनन्। 

उनले लगातार खेल्न मात्रै नपाएको कारण तालमेलमा अभाव खड्किएको मात्रै होइन, प्रशिक्षण अवधि नै कम भएको खुलासा गर्दिइन्। हुन पनि हो। यो टोलीमा भएका अधिकांश खेलाडीले गत मंसिरसम्म एन्फा महिला लिग खेलेका थिए। त्यसयता यी खेलाडी गोल्डकपको भरमा थिए।

एन्फालाई यी प्रतियोगिता हुँदैछ भन्ने थाहा नहुने कुरा होइन। तर, एन्फाले यस्ता प्रतियोगिता खेल्नुअघि कहिल्यै बलियो तयारी नै गर्दैन। भुटानजस्तो टोलीले साफ खेल्नुअघि साउदी अरबमा गएर तयारी गरिरहँदा एन्फा भने २३ दिनको छनोट कार्यक्रम चलाउँदै थियो।

खेलाडी छनोट गरिवरी बन्द प्रशिक्षण गराउँदा प्रतियोगिता सुरु हुन १५ दिन मात्रै बाँकी थियो। त्यही कमजोर प्रशिक्षणको भरमा नेपालले साफ जित्ने लक्ष्य बुनेको थियो। तर, लक्ष्यभन्दा फरक नतिजा आइदियो।

सिनियर टोलीमा देखिएको कप्तानी विवाद र मुख्य प्रशिक्षक प्याट्रिक वाइल्डको राजीनामा आउनुअघि एन्फाको कमिकमजोरी मिडियामा छताछुल्ल भइसकेको थियो। त्यसले एन्फालाई फेसबुकको ‘कमेन्ट अफ’ गरेर लुक्न बाध्य बनायो।

यस्तोमा ‘ब्याक टू ब्याक’ अर्को आलोचना खेप्ने सामर्थ नभएर होला जुनियर महिला टोलीका खेलाडीहरूलाई पनि खुलेर मिडियासामु बोल्नै दिएन। 

अघिपछि उड्नुअघि मिडियासामु देखिने प्रशिक्षकलाई बिदाइ समारोहमै सीमित कुरा बोल्न दिइयो। र, सबैले कागजमा लेखेको पाठ धोकेर सुनाए, नेपाल एसियन कपमा पुग्छ।

यस बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले पूर्णिमाले पहिलोपल्ट मिडिया ‘फेस’ गर्दा जिब्रो चिप्लिएको भन्दै दोष दिन खोजे। अझ उनी त्यसमा मिडियाले नबुझि लेखेको भन्दै आलोचना मै उत्रिए। महासचिव किरण राईले पुराना नतिजाहरूको आधारमा भुटान र साउदी अरबलाई सजिलै हराउने र उत्तर कोरियासँग डराउन नपर्ने बताए।

लाग्थ्यो यी दुईले रातारात कुनै वैद्यको जडिबुटी घोटेर खुवाएर टोलीको कमजोरी सुधार गरिसकेका छन्। तर, वास्तविकता भने उल्टो देखियो।

टिमको नेतृत्वले आफूलाई बचाउने प्रयास गरे पनि मैदानमा झनै उजागर भयो। साफमा भुटानमाथि १४ गोल गरेको नेपाल दुई सातापछि नै उसैको घरेलु मैदानमा पराजय सरहको १–१ बराबरीमा सिमित रह्यो। त्यहाँ न कुनै रणनीतिक सुधार देखियो, न खेलाडीको क्षमता विकासको संकेत नै।

प्रशिक्षकले दोष खेलाडी मात्रै होइन, फ्लड लाइटसम्म लगाउन भ्याए। उनले भने,‘भुटानलाई हाम्रा खेलाडीले सहजरूपमा लिए। अलिकति लाइटले पनि समस्या गर्‍यो।’

तर, बास्तवमा भुटानले नेपाललाई सहज रुपमा लिएको हो। प्रतियोगिता अगाडि नै घरेलु लिग खेल्ने टोलीसँग मैत्रीपूर्ण खेल खेलेर यो टोलीले साफमा देखिएको कमजोरी पत्ता लगाइसकेको थियो। 

अर्कोतर्फ सिनियर टोलीका तीन खेलाडी मैदान उत्रिँदा अझ सहज भयो। नेपाल भने ड्रिब्लिङ, पासिङ र फिनिसिङमै चुकिरह्यो। एन्फाको व्यवस्थापन र तयारीको कमजोरी यहाँ स्पष्ट देखिन्छ। 

सीमित अभ्यास गरिरहेका खेलाडीलाई राम्रोसँग प्रशिक्षित गर्न नसकेको प्रष्ट नै हुन्छ। एसियन कप खेल्ने सपना देखेको एन्फाले प्रतियोगिता अगाडि नै आफ्नो टोलीलाई व्यस्त राख्नुपर्ने हो। तर, दुई घन्टाको समान्य प्रशिक्षणमै सीमित राख्यो। त्यसको नतिजा भने भुटान र साउदी अरबजस्तो कमजोर टोलीविरुद्ध देखियो। 

भुटानसँग पराजयसरह बराबरी खेलेको नेपाल साउदी अरबसँगको खेलमा पनि ८९ मिनेटसम्म दबाबमा थियो। यस्तोमा जित हासिल गर्न अन्तिम समय कुर्नुपर्‍यो। यस्तो दबाबमा भएको टोलीले समग्र सुधारको संकेत दियो त? सायद दिएन।

उत्तर कोरियासँगको अन्तिम खेल भने यो कुरा प्रष्ट नै देखियो। भुटानसँग बराबरी खेलेको नेपालले पूर्ण रुपमा लज्जास्पद रह्यो। ९ जना डिफेन्स खडा गरेर पनि भुटानभन्दा बढी गोल खाँदै ११–० को हार बेहोर्‍यो। यो परिणामले देखाउँछ– एन्फाले दीर्घकालीन विकासमा लगानी नगरी भाषणमा छाटेका सपना खोक्रा साबित हुन्छन्।

नेपाल महिला यु–२० फुटबलको लगातार हारमा एन्फाको कमजोरी मुख्य देखिन्छ। वर्षौँदेखिको योजनाविहीन, अल्पकालीन तयारी र राजनीतिक दाउपेजले खेलाडीको विकास नै रोकिएको छ। एन्फाले महिला फुटबललाई अझै पनि प्राथमिकतामा राख्न सकेको छैन। 

बजेट अभावको समस्या देखाउने प्रवृत्तिले महिला खेलाडीहरूलाई विश्वस्तरमा उभिनबाट दशकौँदेखि रोक्दै आएको छ। तर, एन्फा यो यथार्थ स्वीकार्न तयार छैन। बरु अझ ठूलो सपना देखाउँदै २०३१ मा यही टोलीलाई लिएर विश्वकप खेलाउने घोषणा गरिरहेको छ।

तर, सपना देखाउनेभन्दा गाह्रो कुरा त्यसको जग बलियो बनाउने हो। स्थिर प्रशिक्षक, वर्षौँको प्रशिक्षण, खेलाडीहरूको व्यवसायिक भविष्य र नियमित प्रतिस्पर्धा हुन जरुरी छ। तर, यही प्रतियोगिताको नतिजाले देखाइसकेको छ, यो जग कति कमजोर छ?

त्यसैले यति भन्न सकिन्छ- सपना देखाउन सजिलो छ, तर त्यसलाई पूरा गर्न इच्छाशक्ति, लगानी र दीर्घकालीन प्रतिबद्धता चाहिन्छ। अहिले एन्फा ती तीनै कुराबिना सपना बाँडिरहेको छ। यो कल्पनामा पूरा होला। तर, यथार्थमा हुने पूरा हुन असम्भव नै छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल