काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीकी मिडल ब्लकर कविता भट्ट विदेश पलायन भएकी छन्।
विभागीय टोली एपिएफबाट घरेलु प्रतियोगिता खेल्दै आएकी उनी अस्ट्रेलिया प्रस्थान गरेकी हुन्।
उनले एफिएफबाट राजीनामासमेत दिइसकेकी छन्। यसअघि नेपाली टोलीकी हिटर सरस्वती चौधरी पनि अस्ट्रेलिया प्रस्तान गरेकी थिइन्। उनी पनि एपिएफमै आबद्द थिइन्। उनले पनि एपिएफबाट राजीनामा दिएका हुन्।