सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने

शुक्रबार, साउन १७, २०८२खेलपाटी संवाददाता
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
Classic Tech Internet Ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिने भएको छ। 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार एक वर्षको कार्य विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्। सरकारले अवैध घोषणा गरेको एनओसीको वर्तमान कार्यसमितिलाई विगठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्देशन दिएका थिए। उक्त निर्देशनलाई गम्भीरताका साथ लिँदै चौधरीले तदर्थ समिति गठन गर्न लागेका हुन्।

उनले एनओसीमा आबद्ध २७ मध्ये २२ खेल संघका पदाधिकारीले मन्त्रालयमा निवेदन दिएको बताए। त्यसलाई बहुमत मान्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसिए) लाई जानकारी गराएको उनले जानकारी दिए।

उनले भने,‘२२ वटा संघले हामी एनओसीको तदर्थ संघ गठन गर्दैछौं भनेर भनेपछि हामीले आईओसी र ओसिएमा परराष्ट्र मार्फत पत्र पठाएको हौं।’ वर्तमान एनओसी कार्यसमितिले राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि अघि बढाएपछि चौधरी २२ भन्दा बढी खेल संघका पदाधिकारीसहित ओलीलाई भेट्न आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। 

ओलीले एनओसीको सुरुआती दर्ता प्रकृयामै त्रुटि रहेको उल्लेख गर्दै नयाँ दर्ता गरेर अघि बढ्न सुझाएका थिए। जबर्जस्ती विधान संशोधन गरेर सरकार, अदालत र तत्कालन समयमा आइओसीको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले एनओसीको निर्वाचन गराएका थिए। 

ओलम्पिकको सदस्यताका लागि अदालत पुगेका पाँच खेल संघलाई ओसिएका जनरल डिरेक्टर क्याप्टेन हुसेनबाट दबाब दिएर श्रेष्ठले मुद्दा फिर्ता लिन लगाएका थिए। ओलम्पिक चुनावको विषयमा अदालत गुहारेको नेपाल घोडचढी संघले अझै मुद्दा फिर्ता लिएको छैन। अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा ओसिएका जनरल डिरेक्टर क्याप्टेन हुसेनको आडमा श्रेष्ठले अन्तर्राष्ट्रिय मान्यता आफूले पाएको दाबी गर्दै आएका छन्। 

सरकारले भने श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई अवैध घोषणा गरेर एनओसीको केन्द्रीय कार्यालय बन्द गराएको छ भने एनओसीको बैंक खाता रोक्कादेखि ओलम्पिकका पदाधिकारीको अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध लगाएको छ। 

सरकारको कारबाहीका बाबजुद श्रेष्ठसहितका केही पदाधिकारी भारतको बाटो प्रयोग गरेर अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने गरेका छन्। विदेश जान भारतीय बाटो प्रयोग गर्ने गरेका श्रेष्ठसहितको वर्तमान कार्यसमितिका केही पदाधिकारीले नेपालको आधिकारिक ओलम्पिक कमिटीको रूपमा भ्रम सिर्जना गर्न खोजेर नेपाल सरकारलाई चुनौती दिने गरेको आरोप लाग्ने गरेको छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

Bajaj Pulsar Motorcycle Ad
यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो