काठमाडौं। जीवनमा तीन कुरा निश्चित हुन्छन्– मृत्यु, कर र एसिया कपमा भारत र पाकिस्तान सधैं एउटै समूहमा पर्नु!
एसियाली क्रिकेट परिषद् (एसीसी) ले शनिबार आगामी १७औं संस्करणको एसिया कपको खेल तालिका घोषणा गरेको थियो। चौथो पटक लगातार भारत र पाकिस्तानलाई एउटै समूहमा परे।
यस कदमको उद्देश्य स्पष्ट छ। भारत र पाकिस्तानको भिडन्तले सबैभन्दा बढी दर्शकलाई मैदानसम्म तान्छ र आर्थिक लाभ पनि उत्तिकै हुन्छ।
दुई देशबीच लगभग दुई दशकदेखि द्विपक्षीय सिरिज भएका छैनन्। अर्कोतर्फ पल्ला वर्षहरूमा बढ्दो भू–राजनीतिक तनावका कारण निकट भविष्यमा यस्ता खेल नहुने सम्भावना पनि बढेको छ। त्यसैले यी दुईकाबीच हुने भिडन्त आकर्षक बन्ने गरेको छ।
तर, एसीसीले कसरी हरेक पटक यी दुई टिमलाई एउटै समूहमा पार्छ? सामान्य ड्रोइङ समारोहलाई बेवास्ता गरेर एसीसीले आफैंले समूह चरणमा यी दुई टोलीलाई एकअर्काको विपक्षी त बनाउने गरेका होइन? भन्ने पनि प्रश्न उठ्न थालेको छ।
एसीसीले सुपर फोर चरणमा पनि भारत र पाकिस्तानबीच पुनः भिडन्त हुने सुनिश्चित गर्ने नियमत राखेको प्रष्ट देखिन्छ। पछिल्ला चार संस्करणका समूह चरणमा यी दुई टोली रहेको समूहमा कमजोर टिमलाई राखिएको छ।
यसले दोस्रो पटक पनि भारत र पाकिस्तान खेल गराएर कमाउने योजना बनाएको देखिन्छ। अघिल्ला तीन संस्करणमा एसिया कपमा ६ वटा टिम खेल्थे, जसमा दुई समूहमा तीन–तीन टिम थिए।
बंगलादेश, श्रीलंका र अफगानिस्तानलाई एउटै समूहमा राखिन्थ्यो। योसँगै यीमध्ये दुई टोली मात्रै अर्को चरणमा जान पाउँथे। भारत र पाकिस्तानको बाटो सजिलो बनाउन भने हङकङ र नेपालजस्ता कमजोर टिमलाई समूहमा राखिने गरिन्थ्यो।
यस वर्षको एसिया कप आठ टिमको प्रतियोगिता हो। यसमा पाँच एसियाली टेस्ट खेल्ने राष्ट्रका साथै आयोजक युएई, ओमान र हङकङ छन्।
पुनः बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङलाई समूह ‘बी’ मा राखिएको छ। भारत र पाकिस्तानलाई ओमान र यूएईसँग समूह ‘ए’ मा छन्।
यसरी राखेपछि भारत र पाकिस्तान दुवै अर्को चरणमा पुग्ने सम्भावना बढ्छ र फेरि भिडन्त हुने सम्भावना पनि छ।
एसीसी र सबै आर्थिक सरोकारवालाहरूले आशा गर्ने कुरा भनेको भारत र पाकिस्तान फाइनलसम्म पुगेर टक्कर दिनु हो, जुन अहिलेसम्म एसिया कपमा कहिल्यै भएको छैन।
यसअघि भारतले सन्२०१८ र २०२३ मा फाइनल खेलेर जितेको छ भने पाकिस्तान २०२२ मा फाइनल पुगे पनि हारेको इतिहास छ।
यदि दुवै टिम फाइनलसम्म पुगे भने यो उनीहरूको एसिया कपमा तेस्रो भिडन्त हुनेछ, जसले दुई टिमबीच त्रिपक्षीय द्विपक्षीय सिरिजजस्तै खेल हुने स्थिति बनाउँछ।
धेरै पटक हुने भारत–पाकिस्तान भिडन्त विज्ञापनदाताहरू र एसिया कपका सबै सरोकारवालाहरूका लागि फाइदाजनक हुन सक्छ। तर, यस्तो प्रकारको समूह निर्माणले प्रतियोगिताको स्वरूपलाई हानि पुर्याउँछ।
कुनै बहु–टिम प्रतियोगिताको रमाइलोपन भनेको कुनै कुरा निश्चित नहुनु हो। कोही कमजोर टोलीले बलियो टोलीलाई चुनौती दिन सक्छ वा प्रारम्भिक चरणमै टक्कर हुने सम्भावना हुन्छ। यस्तो अनिश्चितता नै कुनै पनि विश्वस्तरीय खेल प्रतियोगिताको आकर्षण हो, जुन केही समयदेखि एसिया कपमा हराइरहेको छ।
यथार्थमा कहिले यस्तो हुन्नथ्यो कि भारत र पाकिस्तानलाई एउटै समूहमा राखिन्थ्यो। सन् २००४ मा यस्तै भएको थियो। तर, त्यो बेला दुई देशबीच नियमित रूपमा सिरिज हुन्थ्यो र दर्शकहरूले भारत–पाकिस्तान प्रतिस्पर्धा पर्याप्त रूपमा हेर्न पाउँथे।
त्यसपछि दुई देशबीच बिग्रिएको सम्बन्धले अहिलेको यस्तो समूह प्रणाली ल्याएको छ, जसले एसिया कपलाई एक प्रकारको भारत–पाकिस्तान सिरिज बनाउछ। जहाँ दुई खेल लगभग निश्चित हुन्छन् र तेस्रो खेल हुने सम्भावनासमेत उत्तिकै रहन्छ।