नेपाली टिमले जित्यो डाना कप
शनिबार, साउन ११, २०८२खेलपाटी संवाददाता

काठमाडौं। डेनमार्कको हिर्ट्सहोल्समा सम्पन्न डाना कप २०२४ मा नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको छ।
एजी टेन फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त अन्डर–१४ टिमले यो प्रतियोगितामा उपाधि जित्दै नेपाली फुटबलको इतिहासमा पहिलोपटक डाना कप जित्ने सफलता हात पारेको हो।
फाइनल खेलमा नेपाली टिमले केन्याको इलाइट सकर एकेडेमीलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो।
निर्णायक खेलमा रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले गोल गर्दै जित सुनिश्चित गरे।













