काठमाडौं। काभा च्याम्पियन्स लिगमा कांस्य पदक जितेको हेल्प नेपाल स्पोर्ट्स क्लब स्वदेश फिर्ता भएको छ।
मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंका पोर्ट अथोरिटीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो।
टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंका पोर्ट अथोरिटीलाई ३–० को सेटमा पराजित गरेको थियो।
तर, कीर्गिस्तान बिश्केकसँग समान अंक (११) भए पनि सेटको (२ सेटले पछि पर्दा) आधारमा हेल्प नेपाल तेस्रो स्थानमा रह्यो। हेल्प नेपालले लिग चरणमा चार जित र एक हार बेहोर्यो।