काठमाडौं। श्रीलंकाली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थान हात पारेको छ।
बुधबार तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले ३–१ को सेटमा जित हात पारेको हो।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो।
तर, कीर्गिस्तान बिश्केकसँग समान अंक (११) भए पनि सेटको (२ सेटले पछि पर्दा) आधारमा हेल्प नेपाल फाइनल पुग्न चुकेको थियो।
बुधबार हेल्प नेपालले पहिलो सेट २५–२० ले जित्यो। अर्को सेट पनि २५–१५ ले सहजै आफ्नो बनायो।
तर, तेस्रो सेट २०–२५ ले गुमाएपछि दबाबमा परेको थियो। यद्यपि, चौथो सेटमा पुनरागमन गर्दै हेल्प नेपाल २५–२१ ले विजयी भयो।