बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साम्बासहित १० फुटबलर सम्मानित

बुधबार, २५ असार २०८२खेलपाटी संवाददाता
साम्बासहित १० फुटबलर सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं। द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई वुधबार सम्मान गरेको छ । साथै, उनीहरूलाई १८ लाख रुपिया बढीको पूर्ण छात्रवृत्ति पनि दिएको छ ।

धुम्बाराहिस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई १० हजार रुपियासहित सम्मान गरेको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

महिला फुटबलमा लगानी बृद्धि गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अथिति रहेका काठमाडौं महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलार्य उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’

द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले भने, ‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतीष्ठा बढाएका छन् । हामीले संभावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौं । अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बीबीएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीहरूको हौसला बढाउँदै जानेछौं ।’

‘शिक्षा हामी सबैका लागि महत्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान सावित्राले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।’

एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ता नेपाली सावित्रासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए । तास्कन्दमा भएको छनोटमा नेपाल घरेलु टिम उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो ।

तर, टिमको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले सुरुका दुई खेलमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो । उज्वेकिस्तानविरुद्ध ३–३ को बराबरी भएपछि छनोटको लागि निर्णायक खेल टाइब्रेकरमा पुगेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा