काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान पुगेको राष्ट्रिय महिला फुटबल टिमले तयारी सुरु गरेको छ ।
उज्बेकिस्तान पुगेको पहिलो दिन आराम गरेको महिला टिमले भोलिपल्टदेखि सामान्य अभ्यास सुरु गरेको छ ।
अखिल नेपाल फुटबल संघका अनुसार उज्बेकिस्तान पुगेको दोस्रो दिन खेलाडीहरुले सामान्य अभ्यास गरेका छन् । उनीहरुल बिहानको सत्र जिममा बिताएका छन् ।
उज्बेकिस्तानको गर्मीका बीच पहिलो दिन प्रशिक्षकले खेलाडीहरुलाई वाक गराएका थिए ।
एसियन कप खेल्ने सपना सहित उज्बेकिस्तान पुगेको नेपाल समूह एफमा रहेको छ । जहाँ घरेलु टोली उज्बेकिस्तान सहित श्रीलंका र लाओस छन् ।
शीर्ष स्थान हात पार्ने टिमले अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ ।
नेपालले आईतबार लाओसबिरुद्ध खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ ।