आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनामा यमलसँगै खेल्न चाहन्छन् रासफोर्ड

सोमबार, ०९ असार २०८२खेलपाटी संवाददाता
बार्सिलोनामा यमलसँगै खेल्न चाहन्छन् रासफोर्ड
Loading ad...
mustang rice ad

काठमाडौं। मार्कस रासफोर्डले बार्सिलोनामा जाने ढोका खुला राखेका छन्। त्यतिमात्रै होइन, उनले युवा स्टार १७ वर्षीय लामिन यमलको प्रशंसा व्यक्त गर्दै एकै टोलीबाट खेल्ने चाहना रहेको बताएका छन्।

२७ वर्षीय इङ्ग्ल्यान्ड फरवार्ड अहिले आफ्नो करियरको दोबाटोमा छन्। पछिल्लो सिजनको दोस्रो भागमा उनी म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमको योजनाबाट बाहिरिए। लगत्तै उनी लोनमा एस्टन भिल्ला पुगेका थिए।

हाल उनी सन् २०२८ सम्म युनाइटेडसँग अनुबन्धमा छन्। तर, इएसपिएनका अनुसार क्लब यस समरमा उनलाई बेच्न तयार देखिएको छ। बार्सिलोना, युभेन्ट्स, इन्टर मिलान, बायर्न म्युनिखलगायतका क्लब तथा केही प्रिमियर लिग टोली उनलाई भित्र्याउन इच्छुक देखिन्छन्।

स्पेनको युट्युब च्यानल एक्स बुऐरसँग मार्बेयामा कुराकानी गर्दै गर्दा उनलाई यमलसँग खेल्न चाहनुहुन्छ ? भनेर सोधिएको थियो। उनले ढिलासुस्ती नगरी भने, ‘अवश्य। संसारकै सबैले उत्कृष्ट खेलाडीसँग खेल्न चाहन्छन्। आशा गरौं... हेरौं के हुन्छ।’

पछिल्लो वर्ष यमलले ला लिगा, कोपा डेल रे र युरो २०२४ मा बार्सिलोना र स्पेनका लागि अद्भुत योगदान दिएका छन्। मात्र १७ वर्षको उमेरमै उनले देखाएको क्षमताप्रति रासफोर्ड पनि  प्रभावित छन्

उनी भन्छन्,‘यमल जुन स्तरमा खेलिरहेका छन्, त्यो १६–१७ वर्षमा कुनै खेलाडीले गर्ने प्रदर्शन होइन। मैले पहिले यस्तो देखेको थिइन्।’

यद्यपि, केही समयअघि बार्सिलोनाले एजेन्ट पिनी जहावीमार्फत ४० मिलियन युरोमा रासफोर्डलाई ल्याउने चर्चा चलेको थियो। तर, अहिले क्लबले एथ्लेटिक बिलबाओका निको विलियम्सलाई प्राथमिकता दिइरहेको देखिन्छ। तर, रासफोर्डका पछिल्ला टिप्पणीले भविष्यमा बार्सिलोनामा उनको सम्भावना खुला नै रहेको देखाउँछ।

भविष्य अन्योलमा रहँदासमेत रासफोर्ड जुलाईमा युनाइटेडको प्रि–सिजन प्रशिक्षणमा फर्किन तयार छन्, यदि ट्रान्सफर भएन भने।

युनाइटेडले आक्रमण बलियो बनाउने उद्देश्यले वुल्भ्सबाट म्याथेउस कुन्हा भित्र्याइसकेका छन्। साथै युनाइटेडले ब्रेन्टफोर्डका ब्रायन म्बेमोमा पनि चासो देखाइरहेको छ। भिक्टर ओसिमेहेन र विक्टर ग्योकेरेसजस्ता फरवार्ड पनि क्लबको निगरानीमा छन्।

रासफोर्डले एस्टन भिल्लाबाट १७ खेलमा चार गोल गरे। यसै वर्ष थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्ड टिममा पुनरागमन गरे। अब उनको आशा करियरलाई पुनः उचाइमा लैजाने हो। सम्भवतः स्पेनको घामपानी माहोलमा।

उनले अन्त्यमा भने, ‘स्पेनसँग मेरो राम्रो सम्बन्ध छ। यहाँ थोरै समय प्रशिक्षण गरें भने पनि मेरो परिवारले भेट्न सक्नेछ। तीन घण्टाको उडान मात्र हो। मौसम पनि राम्रो छ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने