काठमाडौं। सुदूरपश्चिमका किरण ठगुन्ना टी–२० आई क्रिकेटमा नेपाली टोलीबाट डेब्यु गर्ने ५०औं खेलाडी बने।
तर, स्कटल्यान्डमा जारी आइसिसी टी–२० आई त्रिकोत्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेल भने उनका लागि सम्झनलायक रहेन।
२५ बल खेलका उनी मात्र १५ रनमा बोल्ड भएका हुन्। कुनै चौका र छक्का प्रहार नगरेका उनलाई १३.२ ओभरमा ड्यानियल डोरमले पभिलियन फर्काए।