आयेशा सम्मानित
शुक्रबार, माघ १८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । तेक्वान्दोकी आयेशा शाक्य शनिबार सम्मानित भएकी छन् ।
घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा आयेशलाई नगदसहित सम्मान गरेको हो ।
हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयेशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।
आयेशा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १० औं र १२ सागकी रजत विजेता हुन् । आयेशले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।








-1753017726.jpeg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)

