काठमाडौं। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार टी–२० आई सिरिजमा नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।
टिटवूडमा खेल साँझ ७:४५ बजेबाट सुरु हुँदैछ। यस सिरिजअघि भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ का दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
नेपाल सोही लय दोहोर्याउने लक्ष्यमा हुनेछ। नेपाल र नेदरल्यान्ड्स टी–२० आईमा अहिलेसम्म १३ पल्ट आमुन्नेसामुन्ने भएका छन्।
तीमध्ये ५ खेल मात्रै नेपालले जित हासिल गर्न सकेको छ। ७ खेल नेदरल्यान्ड्सले जित्दा एक खेल भने नतिजाविहीन भएको छ। नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी–२० विश्वकपमा भिडेका थिए। अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
विश्वकपमा नेपाल जितविहीन रह्यो। नेदरल्यान्ड्सले भने यही एक जित निकालेको थियो।