धरान। कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ गतेदेखि हुने भएको छ।
धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डको संयोजन तथा धरान उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता असार ५ देखि ८ गतेसम्म हुन लागेको हो।
प्रतियोगितामा कोशी प्रदेशभरिका जिल्लाका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउने आयोजक धरान बास्केटबल संघले जनाएको छ। सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न हुने प्रतियोगताका विजेताले नगद दुई लाख प्राप्त गर्नेछ।
उपविजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यसै गरी प्रतियोगिताका एमभिपी (मोस्ट भ्यालुएबल प्लेयर) उपाधि विजेताले १० हजार प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जनाए।
नकआउटको आधारमा सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण खेल धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा हुनेछ।