काठमाडौं। अलराउन्डर बसीर अहमद र बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा सुरुआती ११ मा स्थान पाएका छन्।
अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले यी दुई युवा खेलाडीलाई मौका दिएका हुन्।
भ्रमणको अन्तिम खेल अर्थात नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान सोमपाल र गुल्सन घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन्। त्यसैले बसीर र नन्दनले मौका पाएका हुन्।