काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससामू चुनौती प्रस्तुत गर्दैछ।
खेल ३:४५ बजे हुनेछ। अंक तालिकामा नाजुक अवस्थामा रहेको नेपालले स्कटल्यान्ड भ्रमणमा ब्याक टू ब्याक जित हात पार्दै पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, पहिलो खेलमा घरेलु टोललाई १ र अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाल ह्याट्रिक जित निकाल्न भने चुक्यो।
एकदिवसीय क्रिकेटमै अहिलेसम्मको उच्च(३२४) रनको लक्ष्य पछ्याएको नेपाल तेस्रो खेलमा घरेलु टोलीसँग २ रनले पराजित भएको थियो। यद्यपि, उक्त खेलमा बनाएको ३२१ रन नेपालले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।
नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुन्छ।