शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

बिहिबार, २२ जेठ २०८२खेलपाटी संवाददाता
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
mustang rice ad

काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ। बालुवाटारमा बिहीबार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३१९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो। नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित उपविजेता बन्यो। महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो।

व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की सबभन्दा बढी ४ अंक बटुल्दै कक्षा १ देखि ४ गल्र्समा प्रथम भइन्। बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले समान ३–३ अंक जोडेपनि टाइब्रेकरको आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए।

ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी ५ खेल जित्दै पहिलो भए। एनसीसीएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान हात पारे।

कक्षा ५ देखि ८ गल्र्समा एनसीसीएसकी आराध्य गुप्ता ५ अंक जोड्दै पहिलो भइन्। धुम्रवाराहीकी समिक्षा नेपाल (४.५ अंक) दोस्रो र बाँसबारीकी अप्सरा खत्री (४) तेस्रोमा रहे। ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित प्रथम भए। समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे।

त्यस्तै, कक्षा ९ देखि १२ गल्र्समा बाग्मती बोर्डिङकी देवयानी गुरागाइँले ५ अंक बनाउँदै शीर्षस्थान कब्जा गरिन्। बाग्मतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन्। उति नै अंक जोडेपनि टाइब्रेकरमा पछाडि परेपछि एनसीसीएसकी आँचल चौधरी तेस्रोमा सीमित हुनुपर्यो।

ब्वाइजतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापतिले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे। बृहस्पति  विद्यासदनका प्रेम विक्रम अधिकारीले समान ६ अंक बनाएका बाग्मतीका आयुष बस्नेतलाई टाइब्रेकरमा पन्छाउँदै दोस्रो स्थान हात पारे।

बलुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित प्रतियोगिताका च्याम्पियन तथा विभिन्न ६ स्पर्धाका विजेताहरूलाई काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस